Logo
५ जेष्ठ २०८१, शनिबार
(February 25, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारबाट बाहिरिने राप्रपाको निर्णय, सामुहिक राजीनामा बुझाउन मन्त्रीहरु बालुवाटारमा

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) सरकारबाट बाहिरिने भएको छ । राष्ट्रपति निर्वाचनमा राजनीतिक समीकरण फेरिएसँगै राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

शनिबार बिहान बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक र संसदीय दलको संयुक्त बैठकले पार्टीका सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

केहीबेरमै मन्त्रीहरुले प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाउने तयारी छ । अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारबाट बाहिरिने निर्णय गरेको र राजीनामा बुझाउन जान लागेको बताए । लिङ्देन हालको सरकारमा उपप्रधान तथा ऊर्जामन्त्री छन् ।

त्यस्तै राप्रपाबाट ध्रुवबहादुर प्रधान कानुन तथा संसदीय मामिला, विक्रम पाण्डे सहरी विकास र दीपकबहादुर सिंह ऊर्जाराज्यमन्त्री बनेका थिए ।

प्रकाशित मिति: Feb 25, 2023

प्रतिक्रिया दिनुहोस्