Logo
५ जेष्ठ २०८१, शनिबार
(February 25, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कार्यसम्पादन समितिको बैठकमा देउवाद्वारा राष्ट्रपतिमा रामचन्द्रको नाम प्रस्ताव

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम प्रस्ताव गरेका छन् ।

कार्यसम्पादन समितिको बैठक अघि पार्टी कार्यालयमा बसेको अनौपचारिक बैठकले पौडेलको नाम प्रस्ताव गरेको हो ।

यससँगै सो नाम अनुमोदनको लागि कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।

सो बैठकमा देउवाले औचारिक रुपमा पौडेलको नाम प्रस्ताव गरेका छन् ।

अर्का नेता कृष्ण सिटौलाको नाम पनि प्रस्ताव भए वा अन्य कुनै उम्मेदवार प्रस्तूत भए सभापति देउवा स्वंयले आफ्नो नाम अघि सार्ने स्रोतको दावी छ ।।

प्रकाशित मिति: Feb 25, 2023

प्रतिक्रिया दिनुहोस्