Logo
५ जेष्ठ २०८१, शनिबार
(February 24, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिमा सहमतीसँगै उपराष्ट्रपति जसपालाई दिने सैद्धान्तिक सहमति

राष्ट्रपति पद नेपाली कांग्रेसले पाएसँगै उपराष्ट्रपतिको पद जसपा नेपालले पाउने भएको छ । आठ दलको शुक्रबार साँझ भएको बैठकमा सो पद जसपालाई दिने सैद्धान्तिक सहमति भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रस्ताव अनुसार संघीय संसद्को ठुलो दल नेपाली कांग्रेसले राष्ट्रपति पद पाउने भएको छ ।

प्रधानमन्त्री निवासमा भएको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमत पार्टीको सहभागिता रहेको थियो ।

बैठकमा सहभागी एक नेताका अनुसार सैद्धान्तिक सहमती भइसकेको छ, तर समय आएपछि सार्वजनिक गरिनेछ । ‘अहिले नै उपराष्ट्रपतिको उम्मेदवारी दर्ता गर्ने बेला भएको छैन ।

त्यसैले यसबारे ठोस सहमति भन्दा पनि जसपालाई नै सो पद दिने आठ दलबीच सैद्धान्तिक सहमति भएको छ ।’ उक्त नेताले आगामी बैठकले यस विषयमा पनि ठोस निर्णय गर्ने बताए ।

प्रकाशित मिति: Feb 24, 2023

प्रतिक्रिया दिनुहोस्