Logo
५ जेष्ठ २०८१, शनिबार
(February 24, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसलाई राष्ट्रपति दिने बालुवाटारमा आठ दलको सहमति

बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपति नेपाली कांग्रेसलाई दिने सहमति गरेको छ ।

बैठकमा सहभागी नेकपा (एकीकृत समाजवादी) का नेता प्रकाश ज्वालाले आठ दलको बैठकले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको जानकारी दिए ।

को उम्मेदवार ? हुन्छ भन्ने विषयमा कांग्रेसले निर्णय लिने उनको भनाई छ । राष्ट्रपतिको निर्वाचनको लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ ।

आजको बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमोर्चाका नेताहरु सहभागी थिए ।

आजको बैठकमा चुनाव अघिको गठबन्धन ब्युँताउने निष्कर्षमा आफूहरू पुगेको एकीकृत समाजवादीका नेता घनश्याम भुसालले बताए।

गठबन्धनमा रहेका दलहरूले आन्तरिक, दुई पक्षीय र त्रिपक्षीय छलफल गरेर निर्णय लिने निष्कर्ष निकालेका छन्। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस र अन्य दलले अलग-अलग प्रस्ताव राखेको बताए।

स्रोतका अनुसार एकीकृत समाजवादीले राष्ट्रपतिको अडान छोडेको छैन।  आफ्ना अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउनु पर्ने एकीकृत समाजवादीको अडान छ।

एकीकृत समाजवादीको अडानमा जसपाले साथ दिएको छ भने माओवादीले चारै दलको सहमतिमा निर्णय गर्नुपर्ने बताएको छ।

माओवादी, जसपा र एकीकृत समाजवादीले समाजवादी केन्द्र बनाउनेबारे बिहीबार छलफल गरेका थिए। तीन दलले आफूहरूका एजेन्डा एउटै भएकाले स्वार्थ पनि एउटै हुनु पर्ने निष्कर्ष निकालेका थिए।

आजको बैठकमा कांग्रेस नेताहरूले राष्ट्रपति आफूले पाउनु पर्ने र एक कार्यकाल प्रधानमन्त्री माधव नेपाललाई बनाउन सकिने प्रस्ताव गरेका थिए।

फागुन २५ गते हुने राष्ट्रपतिको चुनावका लागि कसलाई उम्मेदवार बनाउने भन्नेबारे चार दलले शुक्रबार साँझ पनि छलफल गर्ने भएका छन्।

प्रकाशित मिति: Feb 24, 2023

प्रतिक्रिया दिनुहोस्