Logo
५ जेष्ठ २०८१, शनिबार
(February 24, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माधव राष्ट्रपतिका उम्मेदवार भए एमालेले उम्मेदवार उठाउँदैन : पृथ्वीसुब्बा

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राष्ट्रपतिको उम्मेदवार भए एमालेले छुट्टै उम्मेदवार नउठाउने बताएका छन् । उनले नेपाल राष्ट्रपतिको उम्मेदवार भए एमालेले समर्थन गरेर जाने तयारी गरेको बताए । ‘राष्ट्रपतिको विषयमा कुनै पिक्चर स्पष्ट भएको छैन । को राष्ट्रपति हुन्छ भन्नेमा कुनै टुंगो छैन’गुरुङले भने, ‘यदि माधव नेपाल नै पुरानो गठबन्धनबाट उम्मेदवार भएमा हामीलाई नैतिक संकट पर्छ । उहाँलाई मत हालेर जान्छौं । पार्टीको कोही उम्मेदवार हुने छैन ।’

तर, एमालेले राष्ट्रपतिका विषयमा शनिबार बिहान ९ बजे बस्ने सचिवालय बैठकले आधिकारिक निर्णय गर्ने गुरुङले बताए । एमाले अध्यक्ष केपी शर्मा ओली नेपाललाई राष्ट्रपति बनाएर एकीकृत समाजवादीलाई आफ्नो पार्टीमा मिसाउने रणनीतिमा लागेका छन् । उनले नेपाललाई पुरानै गठबन्धनको उम्मेदवारको रुपमा ब्याख्या गरेर राष्ट्रपतिमा सहयोग गर्ने तयारी गरेका हुन् ।

प्रकाशित मिति: Feb 24, 2023

प्रतिक्रिया दिनुहोस्