Logo
६ बैशाख २०८१, बिहीबार
(February 10, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : साना व्यवसायीलाई राष्ट्र बैंकको सहुलियत

नेपाल राष्ट्र बैंकले साना व्यवसायीलाई सहुलियत दिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रवार बिहानै राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसी अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको हो ।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले २०७९ पुस मसान्तसम्म सक्रिय कर्जामा रहेको २ करोडसम्मको कर्जालाई उद्योग-व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी २०८० असार मसान्त भित्र पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था गरेको हो ।

यसबाट साना तथा मझौला उद्योग-व्यवसाय सञ्चालन गरिरहेका उद्यमीहरु लाभान्विन हुने भएका छन् । उनीहरुको उद्योग-व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जामा यो सुविधा दिइएको हो ।

नीतिगत दर ७ प्रतिशतमा झारिएको छ । अब ब्याजदर थप घट्नेछ भने, साना र मध्यम उद्यमलाई कर्जा पुनःसंरचनाको सहुलियत हुनेछ ।

प्रकाशित मिति: Feb 10, 2023

प्रतिक्रिया दिनुहोस्