Logo
३ जेष्ठ २०८१, बिहीबार
(February 9, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचन प्रणालीबारे प्रधानमन्त्री कार्यालयमा छलफल

निर्वाचन आयोग र विभिन्न राजनीतिक पार्टीका नेताहरुबीच निर्वाचन प्रणालीबारे छलफल भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा बिहीबार निर्वाचन प्रणालीबारे छलफल भएको हो । यसअघि नीति अनुसन्धान प्रतिष्ठानले निर्वाचन प्रणालीबारे अध्ययन प्रतिवेदन निर्वाचन आयोगलाई बुझाएको ।

सोही आयोगको प्रतिवेदनमा सरकार, आयोग र दलका प्रतिनिधिबीच छलफल भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । छलफलमा प्रधानमन्त्री, दलका नेता र निर्वाचन आयुक्तहरू सहभागी छन् । नेपालमा हालको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो भएको भन्दै यसको विकल्प खोज्नुपर्ने आवाज उठ्दै आएको छ ।

प्रकाशित मिति: Feb 9, 2023

प्रतिक्रिया दिनुहोस्