Logo
६ असार २०८१, बुधबार
(February 8, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायिका प्रविशा अधिकारीको ‘परिचय एउटा कथा’मा आकाश

गीतकार नमिता दवाडीको ‘परिचय ! एउटा कथा’  बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका प्रविशा अधिकारीको स्वर रहेको गीतमा ज्ञानेन्द्र गिरीको संगीत तथा विशाल निरौलाको एरेन्ज रहेको छ ।

भिडियोले पुरुष शरीर भित्रको महिला मनोविज्ञानमा आधारित तेस्रो लिंगी (एलजिबिटीक्यूए) हरुको अस्तित्वको खोज र जीवन संघर्षको कथालाई देखाउन खोजेको छ । समाजमा तेस्रो लिंगीहरुले भोग्नु परेको पिडा र हेयको दृष्टीमाथिको प्रश्न सार्वजनिक गीतको भिडियोमा उठाइएको छ ।

गीतले तेस्रो लिंगीहरुले पनि समाजमा स-सम्मान, समान अधिकार पाएर बाँच्न पाउनु पर्छ भन्ने आशय व्यक्त गरेको गीतकार दवाडी बताउँछिन् । भिडियोमा अभिनेता आकाश श्रेष्ठ, डाक्टर रमिल अधिकारी र कविता रेग्मीको अभिनय देख्न सकिन्छ ।

पछिल्लो पुस्ताका स्थापित तथा व्यस्त निर्देशक प्रकाश धितालको अहिलेसम्मकै भिन्न प्रस्तुतीका रुपमा रहेको भिडियोको छायांकन उत्सब दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालले गरेका हुन् ।

हाल न्युजल्याण्डमा रहेकी गोरखाकी गीतकार दवाडीका यसअघि ‘म मजदुर मायाको’, ‘भन को थियो’ बोलका गीतको भिडियो बजारमा आइसकेका छन् । उनको कविता संग्रह ‘जीवन नदीको किनारै किनार’ पनि प्रकाशित छ ।

भिडियाे लिंक : https://www.youtube.com/watch?v=RW0WFuKUdWs

प्रकाशित मिति: Feb 8, 2023

प्रतिक्रिया दिनुहोस्