Logo
७ बैशाख २०८१, शुक्रबार
(February 6, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनसरोकारसँग सम्बन्धित् विधेयकलाई संसदमा प्रस्तुत गर्न गृहकार्य सुरु

सरकारले प्राथमिकतामा रहेका जनसरोकारसँग सम्बन्धित् विधेयकहरूलाई संसदमा प्रस्तुत गर्न गृहकार्य सुरु गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रस्तुत गर्ने विधेयकहरूका बारेमा छलफल गर्न सोमबार बोलाएका बैठकमा विभिन्न विधेयकहरूलाई प्राथमिकताका आधारमा सदनमा प्रस्तुत गर्ने सहमति जुटेको हो ।

व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सचेतकहरूसँग भएको छलफलमा विकास, सुशासन, संक्रमणकालिन न्याय, शिक्षा, स्वास्थ्य, नागरिकतालगायतका विषयमा तयार भएका विधेयकहरू सदनमा लगिनेछ ।

जनसरोकारसँग प्रत्यक्ष जोडिएका, सुशासन र विकासका लागि आवश्यक कानुन निर्माणका लागि सरकारले सदनमा छलफलका लागि विधेयक प्रस्तुत गर्ने विषयमा आज छलफल भएको थियो ।

प्रकाशित मिति: Feb 6, 2023

प्रतिक्रिया दिनुहोस्