Logo
१५ चैत्र २०८०, बिहीबार
(February 5, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रेशम चौधरीसहित लक्ष्मण चौधरीको मुद्दामा सर्वोच्चले दुवै पक्षलाई बोलायो

सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरी जोडिएको मुद्दामा दुवै पक्षलाई झिकाउने आदेश दिएको छ । अदालतले आइतबार तल्लो अदालतको फैसला चित्त नबुझाएर पुनरावेदन गर्नेको विपक्षीहरुलाई झिकाउनु भनी आदेश गरेको हो ।

न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा. मनोजकुमार शर्माको इजलासले पूर्वसांसद रेशम चौधरीको पुनरावेदनमा ‘प्रत्यर्थी झिकाउने’ आदेश गरेको हो । सर्वोच्चले आइतबार नै चौधरीविरुद्ध सरकारले दर्ता गरेको मुद्दामा पनि प्रत्यर्थी झिकाउने नै आदेश भएको छ ।

७ भदौ २०७२ मा कैलालीको टिकापुरमा थारुवान आन्दोलनका क्रममा एक नाबालकसहित ८ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो । सो मुद्दामा जिल्ला अदालत कैलालीले टीकापुर घटनाका मुख्य योजनाकार रहेको ठहर सहित रेशम चौधरीसहित आठ जनालाई जन्मकैदको फैसला सुनाएको थियो, उक्त फैसलालाई उच्च अदालत दिपायलले पनि सदर गरेको थियो ।

सोही मुद्दामा जिल्ला अदालतले तीन वर्ष कैद सजाय सुनाएको लक्ष्मण चौधरीलाई भने उच्च अदालत दिपायलले जन्मकैदको सजाय तोकेको थियो ।

तिनै मुद्दामा दोषी ठहर भएकाहरु पुनरावेदनका लागि सर्वोच्च अदालत पुगेका छन् । सोही मुद्दामा आइतबार सुनुवाइ भएको हो ।

प्रकाशित मिति: Feb 5, 2023

प्रतिक्रिया दिनुहोस्