Logo
६ चैत्र २०८०, मंगलबार
(February 5, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जबराको पार्थिव शरीरमा देउवाले ओढाए कांग्रेसको झन्डा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका पहिलो गभर्नर स्वर्गीय हिमालयशम्शेर जबराको पार्थिव शरीरमा कांग्रेसको झन्डा अडाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

आइतबार बिहान देउवा जबरालाई श्रद्धाञ्जली व्यक्त गर्न देउवा उनको निवास थापाथली पुगेका थिए । देउवासँगै कांग्रेस महामन्त्री गगन थापा, नेता प्रकाशमान सिंह, सुनिल थापा, उदयशम्शेर राणा जबरालाई श्रद्धाञ्जली दिन थापाथली पुगेका थिए ।

काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचाररत जबराको ९५ वर्षको उमेरमा आइतबार बिहान साढे ६ बजे निधन भएको हो । जबराका ज्वाइँ तथा कांग्रेसका नेता सुनिलबहादुर थापाका अनुसार आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

उनी विगत ५ वर्षदेखि पार्किन्सन्सको समस्याबाट पीडित थिए । जबराले संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रमअन्तर्गत रहेर सन् १९६२ देखि १९८६ सम्म विभिन्न देशहरूमा प्रतिनिधिको रूपमा काम गर्दै आएका थिए ।

उनी नेपालको पहिलो गभर्नर तथा पूर्वअर्थसचिव हुन् । उनी हिमालयन बैंकका संस्थापकसमेत हुन् ।

प्रकाशित मिति: Feb 5, 2023

प्रतिक्रिया दिनुहोस्