Logo
६ चैत्र २०८०, मंगलबार
(February 5, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक जारी

नेकपा (एकीकृत समाजवादी)को पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठक सुरु भएको छ । शनिबारबाट राजधानीमा सुरु भएको उक्त बैठक अहिले बिहान ८ बजेबाट पुनः सुरु भएको हो ।

विकसित राजनीतिक परिस्थिति एवं अन्तर्राष्ट्रिय घटनाक्रमका सन्दर्भमा बैठकमा नेताहरूले धारणा राख्ने क्रम बाँकी रहेकाले शनिबार अपराह्न उक्त बैठक स्थगित गरिएको थियो ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा १० समूह बनाई छलफल सुरु गरिएको थियो । उक्त समूहका टोलीका नेताहरूमा अशेष घिमिरे, कृष्णकुमारी विश्वकर्मा, जीवनराम श्रेष्ठ, नरेश शाही, मोहन गौतम, राजेन्द्र लोहनी, विजय गुरुङ, सोमप्रसाद पाण्डेय, हस्त शाही तथा पूर्णा जोशी रहेका छन् ।

राजनीतिक प्रतिवेदनमा छलफल सुरु भएको र छलफल सकिएलगत्तै विभिन्न जिल्ला, तह, भूगोल, प्रदेशको सन्तुलित प्रतिनिधित्व हुने गरी निर्माण गरिएका समूहका निष्कर्ष आजको बैठकमा प्रस्तुत गरिने दश समूह टोलीमध्येका नेतृ पूर्णा जोशीले जानकारी दिइन् । उनका अनुसार सङ्गठनको पुनःगठन, पार्टीको भूमिका र गतिविधिलाई प्रभावकारी बनाउने, केन्द्र मातहतका आफ्ना सबै कमिटी, विभाग र मोर्चा सङ्गठनलाई निर्धारित समयसीमाभित्र अद्यावधिक गर्नेलगायत विषयमा छलफल भइरहेको छ ।

प्रतिवेदनमा सरकारको कार्यशैली मूल्याङ्कन, राष्ट्रिय समस्या समाधानका दृष्टिकोण, अन्तर्राष्ट्रिय तहमा भएका युद्ध रोक्न सम्बन्धित पक्षलाई आग्रह गरिएको छ । पार्टीले अन्य राजनीतिक दललाई हेर्ने दृष्टिकोण संसद्मा पार्टीको थप प्रभावकारी भूमिकाको विश्लेषण गरिएको छ ।

 

प्रकाशित मिति: Feb 5, 2023

प्रतिक्रिया दिनुहोस्