Logo
१६ जेष्ठ २०८२, बिहीबार
(February 5, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सत्ता गठबन्धनले माओवादीकी अर्याललाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने

सत्ता गठबन्धनले माओवादी केन्द्रकी नेतृ उर्मिला अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्षको उम्मेदवार बनाउने भएको छ । अर्यालले आज गठबन्धनको तर्फबाट उम्मेद्वारी दिने एक माओवादी नेताले जानकारी दिए ।

राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि आज मनोनयन दर्ता हुँदै छ । सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रिय सभाको उपाध्यक्ष पदको मनोनयन प्रस्ताव आइतबार दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा हुनेछ ।

लामो समयसम्म नेकपा एमालेमा रहेकी अर्यालले दोस्रो संविधान सभा निर्वाचनअघि माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन् । राष्ट्रिय सभामा उनी मधेस प्रदेशबाट सदस्य निर्वाचित भएकी हुन् ।

प्रकाशित मिति: Feb 5, 2023

प्रतिक्रिया दिनुहोस्