Logo
६ बैशाख २०८१, बिहीबार
(February 1, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतबाट बढेर आयो इन्धनको मूल्य

भारतबाट इन्धनको नयाँ मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मंगलबार बेलुकी निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्याँसबाहेक सबै प्रकारका इन्धनको मूल्य बढेर आएको छ ।

पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल प्रतिलिटर ७ रुपैयाँ ९८ पैसाले थप महँगो भएको निगम स्रोतले बतायो । यस्तै मट्टितेलको मूल्य लिटरमा ४ रुपैयाँ ८० पैसाले बढेको छ भने हवाइ इन्धन लिटरमै ७ रुपैयाँ ५० पैसाले बढेर आएको छ ।

भारतबाट बढेर नयाँ मूल्य पाए पनि निगमले आफ्नो उपभोक्ताका लागि नयाँ मूल्य भने निर्धारण गरेको छैन । नयाँ मूल्यपछि निगम १५ दिनमा ९ करोड ४१ लाख रुपैयाँ नोक्सानीमा जाने देखिएको स्रोतको दाबी छ ।

यसअघि नै निगमलाई भारतीय आयल कर्पोरेसनलाई तिर्नु पर्ने ९ अर्ब र सरकारी ऋण ७ अर्ब गरी १६ अर्ब भन्दा धेरै बक्यौता बाँकी रहेको पनि निगमले जनाएको छ । भारतबाट नयाँ मूल्य आए पनि उपभोक्ता मूल्य तोक्नेबारे भने निगम बोर्ड बैठक वा निगमले निर्णय गर्नु पर्नेछ ।

प्रकाशित मिति: Feb 1, 2023

प्रतिक्रिया दिनुहोस्