Logo
१२ चैत्र २०७९, आईतबार
(February 1, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनुषामा प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये तीनजना पक्राउ

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट पर्खाल फोडेर भागेका ६ जनामध्ये तीनजना थुनुवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मिथिला नगरपालिका–२ का २५ वर्षीय हरिदीप सिंह, क्षीरेशवरनाथ नगरपालिका–२ का २५ वर्षीय अमित मण्डल र मिथिला नगरपालिका– ६ का रोशनकुमार महतो रहेका छन् ।

अभद्र व्यवहार तथा शान्तिसुरक्षाविरुद्धको मुद्दाका हरिदीपलाई मंगलबार राति र अमितलाई मंगलबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । त्यस्तै, हातहतियार खरखजाना मुद्दाका रोशनलाई सोमबार साँझ नै प्रहरीले पक्राउ गरेको थियो ।

आइतबार राति इलाका प्रहरी कार्याललयको हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना फरार भएका थिए । बाँकी तीनजनाको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटिएको संयुक्त प्रहरी टोलीले खोजतलास जारी बताइएको छ ।

प्रकाशित मिति: Feb 1, 2023

प्रतिक्रिया दिनुहोस्