Logo
६ चैत्र २०८०, मंगलबार
(January 30, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति निर्वाचनको विषयमा प्रधानमन्त्रीको व्यवहार नकारात्मक छैन : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रपति निर्वाचनको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवहार नकारात्मक नभएको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले प्रधानमन्त्रीको भूमिकामा शंका गर्ने ठाउँ नरहेको समेत बताएका हुन् ।

राष्ट्रपतिमा एमालेको उम्मेदवार हार्छ भन्ने कल्पना गर्नै नसकिने उनको तर्क छ । संघदेखि प्रदेशसम्म नै गठबन्धनको सरकार रहेकाले सत्ता गठबन्धनको उम्मेदवारले राष्ट्रपति हुने उनले बताए ।

नेपाली काँग्रेसले सत्ता बाहिर रहँदा अस्थिरता ल्याउनका लागेको आरोप पनि उनले लगाए । पोखरेलले राष्ट्रपतिमा नेपाली कांग्रेसले दाबी गर्न नै नमिल्ने पनि बताए । ‘अहिले कांग्रेस न सत्ता पक्ष न प्रतिपक्ष जस्तो देखिएको छ,’ उनले भने, ‘दिशाहीन अवस्थाको जस्तो देखिएकाले पहिला उ सच्चिनुपर्छ ।’

रवि लामिछानेलाई गृहमन्त्री बनाउन बालकोटले दबाब दिइरहेको छ नि भन्ने पत्रकारको प्रश्नमा महासचिव पोख्रेलले अहिले दबाब नदिएको बताएका छन् ।

गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीबीच हुने सहमतिले मात्रै टुङ्गिने उनको भनाइ छ । उनले रवि लामिछानेको मुद्दाको फैसलाप्रति असन्तुष्टि व्यक्त गरे ।

प्रकाशित मिति: Jan 30, 2023

प्रतिक्रिया दिनुहोस्