Logo
११ बैशाख २०८१, मंगलबार
(January 30, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनुषामा ६ जना अभियुक्त हिरासत तोडेर फरार

धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना फरार भएका छन् ।

राति हिरासत तोडेर ६ अभियुक्त फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । भाग्नेहरूमा दुईजना हातहतियार, तीनजना शान्तिसुरक्षा अभद्र व्यवहार र एक जना लागूऔषधसम्बन्धी मुद्दाका हुन् ।

डीएसपी क्षेत्रका अनुसार हिरासतमा सात जना थिए । एक जना सवारी दुर्घटना मुद्दाका भने भागेका छैनन् । फरार भएकाहरूको खोजी भइरहेको डीएसपी क्षेत्रीले बताए ।

इलाका प्रहरीको भवन पुरानो छ । हिरासतपट्टिको भाग कमजोर भएको कारण फोडेर उनीहरू भाग्न सफल भएको प्रहरीको भनाइ छ ।

‘प्रहरी डिउटी मै थिए, अगाडि । अगाडिबाट भित्रको हिरासतभित्र देखिंदैन । भवन धेरै पुरानो रहेकाले पछाडिबाट फोडेर अभियुक्त भागेछन्’, डीएसपी क्षेत्रीले भने , ‘उनीहरुको तीव्र खोजी कार्य भइरहेको छ ।’

प्रकाशित मिति: Jan 30, 2023

प्रतिक्रिया दिनुहोस्