Logo
६ बैशाख २०८१, बिहीबार
(January 29, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चक्रपथ विस्तारलाई अघि बढाउन चिनियाँ पक्षसमक्ष मन्त्री श्रेष्ठको आग्रह

उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले नेपालका लागि चिनियाँ राजदूत चेन सोङसँग चक्रपथ विस्तारलाई अघि बढाउन आग्रह गरेका छन् । मन्त्रालयमा राजदूत सोङसँग आज भएको शिष्टाचार भेटमा मन्त्री श्रेष्ठले चक्रपथको कलङ्की-चाबहिल सडक खण्ड विस्तारको कामलाई शीघ्र रूपमा अगाडि बढाउन आग्रह गरेका हुन् ।

चिनियाँ पक्षले भने आयोजनास्थलमा केही अवरोध रहेकाले त्यसलाई तत्काल हटाइदिन उपप्रधानमन्त्री श्रेष्ठलाई आग्रह गरेको छ । उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूतबीच एक-अर्कालाई बधाई दिँदै सफल कार्यकालको कामना आदानप्रदान भएको छ । श्रेष्ठले यस कार्यकालमा दुई देशबीचको जनस्तरको सम्बन्ध थप विस्तार हुने विश्वास प्रकट गरे । भेटमा आपसीहित, दुई देशबीचको सम्बन्ध, चीनले नेपालमा अगाडि बढाइरहेका परियोजनालगायतका विषयमा छलफल भएको थियो ।

यस्तै, चीन सरकारको सहयोगबाट यस मन्त्रालयअन्तर्गत अगाडि बढिरहेका अन्य आयोजनाका बारेमा समेत कुराकानी भएको छ । चिनियाँ पक्षसँग सहयोगलाई अझै विस्तार गर्ने, भइरहेका परियोजना अगाडि बढाउने र सहयोग गर्ने तथा केही आयोजनाको अध्ययन अगाडि बढाउने विषयमा समेत छलफल भएको थियो ।

प्रकाशित मिति: Jan 29, 2023

प्रतिक्रिया दिनुहोस्