Logo
१२ जेष्ठ २०८२, आईतबार
(January 26, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कक्षा १–५ सम्मको पाठ्यपुस्तक छपाईको जिम्मा निजीलाई दिइने

आगामी शैक्षित्र सत्रमा कक्षा १–५ सम्मका पाठ्यपुस्तक छपाईको जिम्मा निजी क्षेत्रलाई दिइने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त निर्णय गरेको हो ।

यसअघि कक्षा १ देखि ३ सम्मको पुस्तक छपाईको जिम्मा निजी क्षेत्रलाई दिइएको थियो । आगामी शैक्षिक शत्रबाट कक्षा ५ सम्मकै पुस्कत छपाईको जिम्मा निजीले पाउने भएका हुन् ।

मन्त्रालयको निर्णयको आधारमा पाठ्यक्रम विकास केन्द्रले सार्वजनिक सूचना जारी गरेको छ । निजी मुद्रकलाई पाठ्यपुस्तक छपाइको प्रयोजनका लागि सूचीकृत हुन भन्दै केन्द्रले सूचना जारी गरेको हो । निजी मुद्रक तथा वितरकहरूले कक्षा १ देखि ५ सम्मका चार रङका पाठ्यपुस्तक र अन्य पाठ्यसामग्री छपाई गरी विक्री वितरण गर्नुपर्नेछ ।

केन्द्रले तयार पारेको प्रिन्ट रेडी कपी (पीआरसी) का आधारमा निजीले पाठ्यपुस्तक छाप्नुपर्नेछ । यसअघि सोही आधारमा जनक शिक्षा सामग्री केन्द्रले छाप्दै आएको थियो ।

हरेक वर्ष पाठ्यपुस्तकको अभाव हुने समस्या समाधानका लागि निजीलाई पनि पाठ्यपुस्तक छपाईको जिम्मेवारी दिइएको सरकारले जनाएको छ ।

तोकिएको समयमै विद्यार्थीलाई सहजै पाठ्यपुस्तक उपलब्ध गराउने उद्देश्यले कक्षा ५ सम्मको छपाइको जिम्मा निजी क्षेत्रलाई दिने निर्णय गरिएको केन्द्रले जनाएको छ ।

गत कात्तिकमा कक्षा १–३ सम्मको छपाईको जिम्मा निजीलाई दिनेगरी प्रस्ताव केन्द्रले मन्त्रालयमा पठाएको थियो । तर, मन्त्रालयले त्यसलाई फिर्ता पठाइदिएको थियो ।

त्यसपछि केन्द्रले कक्षा १–५ सम्म नै छपाइको जिम्मा निजी क्षेत्रलाई दिने प्रस्ताव पुनः मन्त्रालयमा पठाएको थियो । सोही आधारमा मन्त्रालयले कक्षा ५ सम्मको छपाईको जिम्मा निजीलाई दिने निर्णय गरेको हो ।

प्रकाशित मिति: Jan 26, 2023

प्रतिक्रिया दिनुहोस्