Logo
४ असार २०८१, सोमबार
(January 26, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज सरस्वती पूजा, सरस्वती मन्दिरहरूमा घुइँचो

आज सरस्वती पूजा, काठमाडौं उपत्यकासहित देशभरका सरस्वती मन्दिरमा पूजा आराधना र दर्शन गर्नेको भीड लागेको छ । आजको दिनलाई वसन्तपञ्चमी र श्रीपञ्चमी पनि भन्ने गरिएको छ ।

सरस्वतीलाई विद्याकी देवीको रुपमा पूजा आराधना गरिने भएको आजबाट बालबालिकाहरुलाई अक्षर आरम्भ गराउने भएकाले बिहानैदेखि मन्दिरहरुमा घुइँचो लागेको हो ।

स्वयम्भू, मैतिदेवी, हनुमानढोकासहितका सरस्वती मन्दिरहरुमा बिहानैदेखि पूजा गर्नेहरुको घुइँचो लागेको छ । बालबालिकाले मन्दिरका भित्ता तथा पर्खालमा  चकले लेखेर अक्षरारम्भ गरेका छन् ।

प्रकाशित मिति: Jan 26, 2023

प्रतिक्रिया दिनुहोस्