Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 25, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युक्रेन र फिनल्याण्डका राष्ट्रपतिबीच सुरक्षाबारे छलफल

युक्रेन र फिनल्याण्डका राष्ट्रपतिका बीचमा मङ्गलबार भेटवार्ता भएको छ । उनीहरुका बीचमा युक्रेनको सुरक्षाका विषयमा कुराकानी भएको बताइएको छ ।

फिनल्याण्डका राष्ट्रपति साउदी निनिस्टो हाल युक्रेन भ्रमणका क्रममा राजधानी किभमा छन् । यसै क्रममा उनीहरुका बीचमा दुई पक्षका बीचमा भेटवार्ता भएको थियो र सो वार्ताका क्रममा खासगरी युक्रेनको सुरक्षाका विषयमा कुराकानी भएको थियो ।

त्यस भेटका क्रममा युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलिन्स्किीले युक्रेनलाई फिनल्याण्डले गर्दै आएको सैन्य तथा अन्य सहयोगका लागि धन्यवाद ज्ञापन गरेको समाचारमा जनाइएको छ ।

युक्रेनलाई युरोपियन युनियनले पनि सोमबार मात्र थप सैन्य सहयोग उपलब्ध गराएको थियो । सो सहयोग पचास लाख युरोभन्दा पनि बढी रहेको बताइएको छ ।

सोमबार सो विषयमा युरोपियन युनियनले जानकारी दिएको थियो । यसअघि पनि युक्रेनलाई सहयोग दिँदै आएकामा युरोपियन युनियनका विदेश मन्त्रीहरुको बैठकपछि पचास लाख युरोभन्दा बढी सैन्य सहयोगको घोषणा युरोपियन युनियनले सोमबार गरेको हो ।

प्रकाशित मिति: Jan 25, 2023

प्रतिक्रिया दिनुहोस्