Logo
१७ जेष्ठ २०८२, शुक्रबार
(January 25, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा. त्रिशालाको नयाँ गीत ‘तिमी नहुँदा’ सार्वजनिक

गायिका डा. त्रिशाला गुरुङको स्वर रहेको नयाँ गीत ‘तिमी नहुँदा’ सार्वजनिक भएको छ । दीप चाम्लिङको शब्द तथा महेश खड्काको संगीत गीतमा छ ।

गीतको आकर्षक भिडियो पनि बनेको छ । जसमा अभिनेत्री मलिका महत र कुन्साङ बोम्जोनको अभिनय छ । भिडियोमा मुस्ताङ्गका एकजोडी युवा युवतीको प्रेमकथा देखाउन खोजिएको छ । माथिल्लो मुस्ताङमै छायांकन भएको भिडियो राजेश पुमा राईले निर्देशन गरेका हुन् ।

भिडियोमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन छ ।

प्रकाशित मिति: Jan 25, 2023

प्रतिक्रिया दिनुहोस्