Logo
५ जेष्ठ २०८१, शनिबार
(January 19, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुखमा भएन अब राष्ट्रपतिको मिसन सुरु हुन्छ : चन्द्र भण्डारी

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले कांग्रेस सत्ता गठबन्धन टुटाउन निरन्तर लागि रहने बताएका छन् । बिहीबार संघीय संसद भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै भण्डारीले भने, ‘चुनावमा माओवादीसँग गठबन्धन थियो । त्यो टुट्यो । अब अहिलेको गठबन्धन टुटाउन हामी निरन्तर लागि रहन्छौं ।’

सभामुख चुनाव जित्ने मिसन सफल नभए पनि राष्ट्रपतिको चुनाव जित्ने मिसन रहेको उनको भनाइ छ । ‘सभामुख मिसन थियो । अब राष्ट्रपति पनि मिसन हुन्छ, गठबन्धन टुटाउने पनि मिसन हुन्छ । यो त हुनै शंका नै भएन नि,’ उनले भने ।

प्रकाशित मिति: Jan 19, 2023

प्रतिक्रिया दिनुहोस्