Logo
५ जेष्ठ २०८१, शनिबार
(January 19, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जिउँदो शिशुलाई मृत घोषित गर्ने चिकित्सकलाई कामकाजमा रोक, छानबिन समिति गठन

विराटनगरको कोसी अस्पतालले जिउँदो शिशुलाई मृत घोषणा गर्ने चिकित्सकलाई काम गर्न रोक लगाएको छ । त्यस्तै उक्त घटनाको छानबिन गर्न तीन सदस्यीय समिति बनाएको छ ।

बुधबार बिहान श्वासप्रश्वासमा समस्या भएपछि इमरजेन्सी वार्डमा भर्ना गरिएकी १९ दिने शिशुलाई अस्पतालका मेडिकल अफिसर डा. आकाश यादवले मृत घोषित गरेका थिए ।

चिकित्सकले मृत घोषित गरेपछि आफन्तले शिशुलाई घर लिएर गएका थिए । अन्त्येष्टिको तयारी हुँदै गर्दा शिशुले शरीर चलाएपछि आफन्तले गोल्डेन अस्पताल विराटनगर भर्ना गरेका थिए । अहिले उनको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।

उपचारमा लापरबाही गरेको गुनासो आएपछि अस्पतालले छानबिनका लागि बालरोग विशेषज्ञ डा. प्रविण झाको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा अर्का बालरोग विशेषज्ञ डा। सूर्यकान्त चौधरी र प्रशासनका कर्मचारी रामप्रसाद नेपाल छन्।

अस्पतालका सूचना अधिकारीसमेत रहेका नेपालले छानबिन नसकिएसम्म उपचारमा संलग्न डा। आकाश यादव, अहेब लक्ष्मण माझी र टीका भण्डारीलाई काममा रोक लगाइएको बताए ।

बुधबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म इमर्जेन्सी वार्डमा डा. यादव र अहेबद्वय माझी र भण्डारी ड्युटीमा थिए ।

बुधबार बिहान मोरङको जहदा गाउँपालिका-३ घर भई विराटनगर १० माइती घर बस्दै आएकी उमादेवी मुखिया र उनका श्रीमान् दलिपि मुखियाले १९ दिने नवजात शिशुलाई उपचारका लागि कोसी अस्पताल ल्याएका थिए । अस्पताल पुर्‍याएको केही समयपछि डा. आकाश यादवको टोलीले मृत घोषित गरेको थियो ।

चिकित्सकले मृत घोषित गरेको शिशु जिउँदै रहेको पाएपछि शिशुका आफन्तले कोसी अस्पतालमा आएर उपचारमा खटिएका चिकित्सकमाथि हातपात गरेका थिए ।

प्रकाशित मिति: Jan 19, 2023

प्रतिक्रिया दिनुहोस्