Logo
२३ माघ २०७९, सोमबार
(January 19, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वित्तीय विवरण पठाउन स्थानीय तहलाई मन्त्रालयको पुन : ताकेता

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूलाई वित्तीय स्थिति विश्लेषणका लागि मागेको तथ्याङ्क पठाउन पुन : ताकेता गरेको छ ।

मन्त्रालयले यसअघि गत ५ भदौमा सबै स्थानीय तहलाई भदौ मसान्तसम्म विवरण पठाउन भनेको थियो । तर अहिलेसम्म अधिकांश स्थानीय तहले विवरण नपठाएपछि सामान्यले फेरि ताकेता गरेको हो । मन्त्रालयले स्थानीय तहलाई आन्तरिक आय, बजेट तथा खर्च सम्बन्धी विवरण मागेको थियो ।

मन्त्रालयले ताकेतासम्बन्धी बिहीबार एक सूचना जारी गर्दै अब माघ मसान्तसम्म स्थानीय तहले विवरण पठाउनुपर्ने जनाएको छ ।

सामान्य प्रशासन मन्त्रालयले दिएको निर्देशनलाई स्थानीय तहले बेवास्ता गर्दा मन्त्रालयमा विवरण सम्बन्धी काम गर्न असहज भइरहेको मन्त्रालयका कर्मचारीहरूले गुनासो गरेका छन् ।

प्रकाशित मिति: Jan 19, 2023

प्रतिक्रिया दिनुहोस्