Logo
५ जेष्ठ २०८१, शनिबार
(January 17, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवनियुक्त रक्षा मन्त्री उप्रेतीले सम्हाले कार्यभार

रक्षामन्त्री हरि उप्रेतीले सिंहदरवारस्थित रक्षा मन्त्रालयमा पद बहाली गरेका छन् । उनलाई मन्त्रालयमा प्रधानसेनापति प्रभुराम शर्मा र मन्त्रालयका सचिव किरणराज शर्मालगायतका कर्मचारीले स्वागत गरेका थिए ।

नवनियुक्त मन्त्रीलाई स्वागत अभिवादन गर्दै सचिव शर्माले मन्त्रालयको साथ, सहयोग र समन्वयन हुने विश्वास दिलाए । उनले भने, ‘मन्त्रीज्यूको नेतृत्वदायी भूमिकाले मन्त्रालयका लागि मात्र नभई समग्र राष्ट्रिय स्वाधीनता, राष्ट्रिय एकता र राष्ट्रको हितका लागि महत्त्वपूर्ण साबित हुनेछ । राष्ट्रको समुन्नति र राष्ट्रितका पक्षमा अझ बढी योगदान पुग्नेछ ।’

रक्षा मन्त्रालयलाई राष्ट्रको समग्र हित, रक्षा, प्रतिरक्षा तथा नेपाली सेनासम्बन्धी कानुन, नीति, तर्जुमा, अनुगमन, निर्देशन, वार्षिक कार्यक्रम र बजेट तर्जुमाको जिम्मेवारी छ ।

प्रकाशित मिति: Jan 17, 2023

प्रतिक्रिया दिनुहोस्