Logo
५ जेष्ठ २०८१, शनिबार
(January 17, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रास्वपाले टुंग्यायो मन्त्रीहरू, तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीको नाम टुंगो लगाएको छ। मंगलबार बिहान बसेको संसदीय दलको बैठकमा दुई मन्त्री र एक राज्यमन्त्रीको टुंगो लगाएको हो।

रास्वपाले शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डा। तोसिमा कार्कीलाई पठाउने भएको छ।

सत्ता गठबन्धनमा मन्त्रालय भागबन्डा टुङ्गिएपछि मंगलबार बिहान पार्टी सभापति रवि लामिछानेले सरकारमा पठाउने मन्त्रीको टुंगो गरेका हुन्।​ उपप्रधानसहित गृहमन्त्रीको रूपमा लामिछाने यसअघि नै सरकारमा सामेल भइसकेका छन्।

शिक्षामन्त्री बन्न लागेका खनाल काठमाडौँ-६ बाट निर्वाचित सांसद हुन्। अर्याल भने समानुपातिक सांसद हुन्। स्वास्थ्य राज्यमन्त्री बन्न लागेकी कार्की ललितपुर-३ बाट निर्वाचित सांसद हुन्।

 

प्रकाशित मिति: Jan 17, 2023

प्रतिक्रिया दिनुहोस्