Logo
५ जेष्ठ २०८१, शनिबार
(January 17, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति निकटस्थ राईलाई परराष्ट्रमन्त्री बनाउँदै एमाले

नेकपा एमालेले राष्ट्रपति विद्यादेवी भण्डारी निकटस्थ मानिने राष्ट्रिय सभा सदस्य डा। विमला राई पौड्याललाई परराष्ट्र मन्त्री बनाउने भएको छ ।

यसअघि राष्ट्रपति भण्डारीको सचिवालयमा समेत रहेर काम गरेकी राई त्यसअघि योजना आयोगको सदस्य समेत भएकी थिइन् । पञ्चायतकालमा अनेरास्ववियुमा आबद्ध राई पछिल्लो समय पार्टी राजनीतिमा भने खासै सक्रिय छैनन् ।

गैर सरकारी संस्था आइएनजीओमा समेत काम गरेकी राई तत्कालीन केपी ओली नेतृत्वको सरकारको सिफारिसमा २०७४ मा राष्ट्रिय सभा सदस्यमा मनोनीत भएकी हुन् ।

नेदरल्याण्डको इन्स्टिच्युट फर सोसल स्टडीजबाट विकास अध्ययनमा विद्यावारिधि गरेकी पौडेलले संयुक्त अधिराज्यको म्यानचेस्टर युनिभर्सिटीबाट विकास प्रशासनमा पोस्ट ग्र्याजुएट डिप्लोमा र अर्थशास्त्र तथा व्यवस्थापनमा स्नातकोत्तर तह पूरा गरेकी छन् ।

साथै त्रिभुवन विश्वविद्यालयबाट कृषि अर्थशास्त्रमा स्नातक तह पूरा गरेकी पौड्याल कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विकास अध्ययन विषय अध्यापन गराएकी छिन्।

नेपालका विभिन्न सरकारी निकाय लगायत, वहुपक्षीय आर्थिक सहायता निकाय र गैर–सरकारी संस्थाहरूमा काम गरिसकेकी पौड्याल सन् २०१५ मा गएको भूकम्प पश्चात् नेपालको विपद् पछिको आवश्यकता अध्ययन लैङ्गिक समानता, सामाजिक समावेशिता र संरक्षण तथा विधागत टोलीको प्रमुख भई काम गरेकी थिइन् ।

प्रकाशित मिति: Jan 17, 2023

प्रतिक्रिया दिनुहोस्