Logo
१२ बैशाख २०८१, बुधबार
(January 16, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फिल्म ‘सिड्नी’ निर्माणको घोषणा, मुख्य भूमिकामा सविन र रीमा

अस्ट्रेलियाको एक ठुलो सहर सिड्नी विषयमाथि नेपाली फिल्म ‘सिड्नी’ निर्माण हुने भएको छ । देव कुमार श्रेष्ठको निर्देशन रहने फिल्मको आइतबार साँझ राजधानीको होटेल एभरेस्टमा एक कार्यक्रमका बिच औपचारिक निर्माण घोषणा भयो । फिल्ममा सविन श्रेष्ठ र रीमा विश्वकर्माको जोडी मुख्य भूमिकामा रहनेछन् ।

वैशाख छेकोबाट छायाङ्कन सुरु हुने फिल्म ओमाईगड इन्टरटेन्मेन्ट र आचार्य ब्रदर्सको संयुक्त ब्यानरमा निर्माण हुने लागेको हो । फिल्मको २० प्रतिशत नेपालमा र ८० प्रतिशत सिड्नीमा छायाङ्कन हुनेछ ।

छायाङ्कनमा निस्कनुअघि फिल्मका लागि अन्य कलाकार छनोट गरिने कार्यक्रममा निर्देशक श्रेष्ठले जानकारी दिए । ‘फिल्मले नेपालदेखि अस्ट्रेलियासम्मको कथा बोल्नेछ । फिल्मले अस्ट्रेलिया नेपाली विद्यार्थीले गर्ने सङ्घर्ष कथाको रूपमा उठाउन खोजिएको छ,’ श्रेष्ठले थपे ।

अम्बर रसाइली प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा चोला बहादुर आचार्य र भीमराज रसाइली छन् । युगलध्वज कार्कीको लेखन रहेको फिल्मलाई हरि बहादुर घलेले छायाङ्कन गर्नेछन् । प्रोडक्सन डिजाइनरमा शंकर पाण्डे रहेको फिल्म एक्सन तथा थ्रिलर जनरामा निर्माण हुनेछ ।

कार्यक्रममा अभिनेता सविनले आफू एक्सन भूमिकामा देखिन लागेको बताए । उनले यस अगाडिको फिल्म भन्दा भिन्न यो फिल्ममा आफूलाई देख्न सकिने बताए । अभिनेत्री रीमाले कथावस्तुले आफूलाई फिल्ममा काम गर्न आकर्षित गरेको बताइन् । रीमाले पहिलो पटक सविनको जोडीको रूपमा अभिनय गर्न लागेकी हुन् ।

प्रकाशित मिति: Jan 16, 2023

प्रतिक्रिया दिनुहोस्