Logo
१५ चैत्र २०८०, बिहीबार
(January 16, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखकाे निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

लुम्बिनी प्रदेशको सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका तुलाराम घर्ती र र उपसभामुख राष्ट्रिय प्रजातन्त्र पार्टीकी मेनुका खांण केसी हुने सत्ता साझेदार दलहरूबीच सहमति भइसकेको छ ।

सत्तारुढ दलबाट मुख्यमन्त्री एमालेबाट भएकाले सभामुख माओवादीलाई र उपसभामुख राप्रपालाई दिने सहमति भएको सम्बन्धित दलका नेताहरूले बताएका छन् । सभामुख र उपसभामुख चयनका लागि आज दिउसो उम्मेदवारी दर्ता र भोलि निर्वाचन गर्ने कार्यतालिका छ ।

३ माघमा हुने सभामुख निर्वाचनका लागि माओवादी केन्द्रबाट पाल्पा २ (ख) बाट प्रत्यक्ष निर्वाचित तुलाराम घर्तीलाई पठाउने निर्णय गरेको माओवादीका प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए ।

उपसभामुखका लागि राप्रपाले गुल्मीबाट समानुपातिक सांसद बनेकी मेनुका खाँण केसीलाई उम्मेदार बनाउने निर्णय भएको राप्रपा प्रदेश अध्यक्ष प्रदीप उदयले जानकारी दिए । ८७ सदस्यीय प्रदेश सभामा सत्तारुढ गठबन्धनको समर्थनमा ५८ सांसदहरुको समर्थन रहेको छ ।

एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका चार-चार, जसपा, जनमत र लोसपाका तीन-तीनजना तथा दुई स्वतन्त्र सांसदहरूले सरकारलाई समर्थन गरेका छन् ।

प्रदेश सभामा २७ सांसद रहेको नेपाली कांग्रेस, एक सांसद रहेको नेकपा एस र जनमोर्चा गरी २९ जना मात्रै विपक्षमा छन् । सत्ता पक्षसँग स्पष्ट बहुमत भएकाले घर्ती र खाँणले जित्ने पक्कापक्की जस्तै छ । नेपाली कांग्रेससँग बहुमत नभएकाले उम्मेदारको टुंगो लगाउन सकेको छैन ।

प्रकाशित मिति: Jan 16, 2023

प्रतिक्रिया दिनुहोस्