Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 11, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरोज खनालद्वारा निर्देशित चलचित्र बगानको भर्जिनियामा प्रदर्शन

नेपालबाट अमेरिकाको भ्रमणमा आएका कलाकार सरोज खनालले निर्देशन गरेको पहिलो चलचित्र बगानको भर्जिनियामा प्रथम प्रदर्शन (प्रिमियर सो) भएको छ । दर्शकहरूले चलचित्र उत्कृष्ट लागेको प्रतिक्रिया दिएका थिए। अधिकांशले चलचित्रको अन्तिम समयको दृश्य र संवादले भावुक बनाएको र आँखा भरि आँसु आएको प्रतिक्रिया दिएका थिए ।

चलचित्रको कथा वस्तु निकै उत्तम र कलाकारहरूको अभिनय उत्तिकै बेजोड भएको दर्शकहरूले बताए । धेरै दर्शकहरूले कलाकार करिस्मा मानन्धरको दमदार अभिनय भनी मुक्त कण्ठले प्रशंसा गरे । समग्रमा सरोज खनालद्वारा निर्देशित पहिलो चलचित्र बगानमा उत्कृष्ट रहेको दर्शको प्रतिक्रिया थियो ।

चलचित्रका निर्देशन खनाल र निर्माता सुरेश वाग्ले पनि दर्शकसँगै बसेर चलचित्र हेरेका थिए । अल्पायुमै बिधुवा भएकी आमाले आफ्ना सन्तान प्रतिको दायित्व र सन्तानको कर्तव्यको पेरिफेरीमा बनेको चलचित्रमा निर शाह ,वसुन्धरा भुसाल, मिथिला शर्मा ,करिस्मा मानन्धर ,सरोज खनाल, आकाश श्रेष्ठ, प्रमीला कार्की लगायतको अभिनय रहेको छ । नायिका प्रमीला कार्कीको कामको पनि दर्शकले प्रशंसा गरेका थिए ।

सरोज खनालले चलचित्र सुरु हुनु अगाडी आफ्नो पहिलो प्रयास भएको र सल्लाह सुझाव दिन समेत आग्रह गरेका थिए ।

प्रकाशित मिति: Jan 11, 2023

प्रतिक्रिया दिनुहोस्