Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 10, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यो तेस्रो कार्यकालमा मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने संकल्प लिएको छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो तेस्रो कार्यकालमा मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने संकल्प लिएको बताएका छन् ।

प्रधानमन्त्री दाहालले वामपन्थी र लोकतान्त्रिक शक्तिहरु मिलेर मात्रै मुलुकमा सार्थक परिवर्तन सम्भव भएको उल्लेख गर्दै आफूले सोही बाटोबाट अघि बढने नीति लिएको बताए ।

उनले राजनीतिक दलहरु मिल्दा मुलुक अगाडि बढेको र नमिल्दा संकटको सामना गर्नु परेको तथ्य पनि स्मरण गराए । प्रधानमन्त्री दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिको संकल्प आफूले लिएको र त्यसलाई पूरा गर्न आफूले संसद्मा विश्वासको मत मागेको पनि स्पष्ट पारे ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वास मतका लागि प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीका रूपमा आफ्नो पहिलो कार्यकाल सोचेजस्तो नभएको, दोस्रो कार्यकालमा केही गरेको र तेस्रो कार्यकालमा मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने संकल्प लिएकाले त्यसमा साथ दिन पनि प्रतिनिधिसभाका सांसदहरुलाई आग्रह गरेका हुन् ।

‘म यो सार्वभौम संसदमा सामाजिक न्याय, सुशासन र समृद्धिको संकल्पसहित प्रधानमन्त्रीमा विश्वासको मत माग्नका लागि उपस्थित भएको छु । प्रधानमन्त्रीका रुपमा म निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि प्रतिवद्ध छु । यो देशमा जतिपनि सार्थक परिवर्तन भएका छन ।

बामपन्थी र लोकतान्त्रिक शक्ति मिलेर भएका छन । १०४ वर्ष लामो राणा शासन होस् वा ३० वर्ष लामो पञ्चायती निरंकुशता बाम लोकतान्त्रिक सहकार्यबाट नै समाप्त भएको हो ।

१२ बुँदै समझदारी विस्तृत शान्ति सम्झौता, संविधान सभा र संघीय लोकतान्त्रिक गणतन्त्र हामी बीचको सहकार्यकै परिणाम हो । राष्ट्रिय संकटका संवेदनशील क्षणहरुमा पनि हामी राजनीतिक शक्तिहरु एकैठाउमा उभिदै आएका छौं । हामी मिल्दा देश अगाडि गएको छ । नमिल्दा देश संकटतिर गएको छ,’ उनले भने ।

हेर्नुस् भिडियो :

प्रकाशित मिति: Jan 10, 2023

प्रतिक्रिया दिनुहोस्