Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 6, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार दबूको महाधिवेशन पुस २३ मा हुने, ६ जना पत्रकारहरु पुरस्कृत हुँदै

नेवाः पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूको चौंथो महाधिवेशन यही पुस २३ गते हुने भएको छ । ललितपुरको ज्वागल बैंक्वैटमा हुने महाधिवेशनमा भिक्षु कुमार काश्यप स्मृति पत्रकारिता पुरस्कारलाई अनुशा बज्राचार्य, बाबुराजा ज्यापु फोटो पत्रकारिता पुरस्कार सुरेश ख्वाखः श्रेष्ठलाई, वाङमय शताब्दि पुरुष सत्यमोहन जोशी पुरस्कार सुर्यप्रसाद लाकोजु, ज्ञानज्योति–लक्ष्मीप्रभा लुमन्ति पत्रकारिता पुरस्कार सरस्वती कर्माचार्यलाई, श्रीराम स्मृति न्हूजः पत्रकारिता पुरस्कार सुरेश श्रेष्ठलाई, ज्ञानदेवी–मणीरत्न स्थापित स्मृति पत्रकारिता परस्कार नरेशवीर शाक्यलाई प्रदान गरिने भएको छ ।

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठको प्रमुख आतिथ्यमा हुने महाधिवेशन उद्घाटन समारोहमा निवर्तमान एवं पूर्व पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई पनि सम्मानित गर्ने जानकारी केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले दिनु भएको छ । अध्यक्ष बज्राचार्यका अनुसार मातृभाषा पत्रकारिता विशेषाङ्ग तथा सुकुन्दा तीनमहिने पत्रिका समेत यसै अवसरमा विमोचन हुनेछन् भने नेवाः पत्रकार राष्ट्रिय गान पनि प्रस्तुत हुनेछ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष गजुरधन राई, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिँह, प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झवेन्द्र भुषाल तथा विभिन्न स्थानीय तह एवं मिडिया एलाइन्स, दलित पत्रकार संघ, विभिन्न पत्रकार संगठन, भाषिक संगठनहरुको समेत प्रतिनिधित्व रहनेछ । प्रथम मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्य तथा नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको फोटोमा माल्यार्पण गरिने कार्यक्रम समेत रहेको छ । यसै महाधिवेशनले ३ बर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गर्नेछ ।

गत साता सम्पन्न उम्मेदवारी प्रक्रिया अनुसार अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुनील महर्जन, उपाध्यक्ष (खुल्ला) सुरेन्द्रभक्त श्रेष्ठ, उपाध्यक्ष (उपत्यकाबाहिर) संदीपकुमार श्रेष्ठ, महासचिव कृष्णकाजी (केके) मानन्धर, सचिव राजु नापित, कोषाध्यक्ष बाबुकाजी साःछेँ श्रेष्ठ, सह–सचिव (खुल्ला) प्रजीत शाक्य, सह–सचिव महिला सुनीता महर्जन, सह–सचिव (उपत्यका बाहिर) विजयराम कर्माचार्य, सह–कोषाध्यक्ष – तेजनारायण महर्जन, सदस्य रत्नकृष्ण श्रेष्ठ, पूर्णभक्त दुवाल, दानदास श्रेष्ठ, अनिता डंगोल, अनुप प्रधान, मीना बज्राचार्य, उत्तमकुमार श्रेष्ठ (गण्डकी प्रदेश), लेखा समिति सयोजकमा विगेन तुलाधर निर्विरोध भइसकेका छन् भने महिला उपाध्यक्षमा रचना श्रेष्ठ र प्रेरणा शाक्यको उम्मेदवारी परेका कारण मतदान प्रक्रियामा जाने भएको छ ।

प्रकाशित मिति: Jan 6, 2023

प्रतिक्रिया दिनुहोस्