Logo
६ चैत्र २०८०, मंगलबार
(January 6, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपन्यास ‘कफी लभ’ युट्युबमा सार्वजनिक, सिधै सुन्न सकिने

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको उपन्यास ‘कफी लभ’ युट्युबमा सार्वजनिक भएको छ । उपन्यासको भोइस-ओभर गणेश सुवेदीले गर्नुभएको छ ।

गीतसङ्गीत तथा विविध विधामा १३२ विश्व कीर्तिमान कायम गर्नुभएका उपाध्यायको १३औं कृति कफी लभ उहाँकै अफिसियल युट्युब च्यानल डिआर म्युजिक एण्ड क्रियशनमार्फत सार्वजनिक गरिएको हो ।

‘पढनका लागि निश्चित ठाउँ र परिवेश आवश्यक भएका हुनाले अन्य काम गर्दा गर्दै पनि सुनेर पढन सकियोस् भन्ने उद्देश्यले युट्यबमा उपन्यास सार्वजनिक गरेको हुँ’, डा. उपाध्यायले भन्नुभयो ।

उहाँका हालसम्म १५ उपन्यास पाठकमाझ आइसकेका छन् । यस्तै अन्य उपन्यासलाई पनि युट्युबमार्फत सार्वजनिक गर्दै जाने उहाँले बताउनुभयो ।

कीर्तिमानी डा. उपाध्यायका ३० एल्बमका सयौं गीत श्रोतारदर्शकमाझ आएका छन् । यस्तै, उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘मेरी प्रिया’, ‘भाइरस लभ’, ‘कसुर’ र ‘मझधार’ जस्ता १५ उपन्यास पाठकमाझ आएका छन् ।

यतिबेला १६औं उपन्यास लेखिरहेको उहाँले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्