Logo
२३ माघ २०७९, सोमबार
(January 2, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी मोबाइल सेटहरुमा चल्नेछैन अब ह्वाट्सएप

नयाँवर्षसँगै केही आइफोन तथा एन्ड्रोइड फोनका प्रयोगकर्ताले ह्वाट्सएप चलाउन नपाउने भएका छन् । ह्वाट्सएप्ले केही पुराना मोडलका आइफोनमा १ जनवरी २०२३ देखि ह्वाट्सएप सपोर्ट बन्द गरेको छ ।

साथै ४५ वटा विभिन्न मोडेलका एन्ड्रोइड फोनमा पनि ह्वाट्सएप सपोर्ट बन्द गरिएको छ । जनवरी १ देखि ह्पाट्सएप नचल्ने आइफोनहरुमा आइफोन ५ र आइफोन ५ सी रहेका छन् ।

प्रयोगकर्ताले यी आइफोनमा यसअघिका अरु सबै सेवा प्रयोग गर्न सक्ने भए पनि ह्वाट्सएप भने प्रयोग गर्न पाउनेछैनन् ।

पुराना मोडलका कतिपय स्मार्टफोनमा ह्वाट्सएप नचल्ने विषयमा जानकारी गराउँदै ह्वाट्सएपले भनेको छ, ‘डिभाइस र सफ्टवेयर परिवर्तन प्रायः हुने गर्दछ ।

त्यसैले हामीले कुन अपरेटिङ सिस्टमलाई सपोर्ट गर्ने विषयमा समीक्षा गरी नियमित रुपमा अपडेट गर्ने गर्छौं ।’

जनवरी १ देखि ह्वाट्सएप नचल्ने फोनको सूची यस्तो छ :

Archos 53 Platinum

Grand S Flex ZTE

Grand X Quad V987 ZTE

HTC Desire 500

Huawei Ascend D

Huawei Ascend D1

Huawei Ascend D2

Huawei Ascend G740

Huawei Ascend Mate

Huawei Ascend P1

iPhone 5c

iPhone 5

Lenovo A820

LG Enact

LG Lucid 2

LG Optimus 4X HD

LG Optimus F3

LG Optimus F3Q

LG Optimus F5

LG Optimus F6

LG Optimus F7

LG Optimus L2 II

LG Optimus L3 II

LG Optimus L3 II Dual

LG Optimus L4 II

LG Optimus L4 II Dual

LG Optimus L5

LG Optimus L5 Dual

LG Optimus L5 II

LG Optimus L7

LG Optimus L7 II

LG Optimus L7 II Dual

LG Optimus Nitro HD

Memo ZTE V956

Quad XL

Samsung Galaxy Ace 2

Samsung Galaxy Core

Samsung Galaxy S2

Samsung Galaxy S3 mini

Samsung Galaxy Trend II

Samsung Galaxy Trend Lite

Samsung Galaxy Xcover 2

Sony Xperia Arc S

Sony Xperia miro

Sony Xperia Neo L

Wiko Cink Five

Wiko Darknight ZT

प्रकाशित मिति: Jan 2, 2023

प्रतिक्रिया दिनुहोस्