Logo
७ बैशाख २०८१, शुक्रबार
(December 31, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैवाहिक पार्टीमा १० मिनेट प्रस्तूतीको मिकाले लिए डेढ करोड भारु

गायक मिका सिंहले एक विवाह पार्टीमा १० मिनेट प्रस्तूती दिएको शुल्क डेढ करोड भारु लिएका छन् । भारतीय अर्बपति मुकेश अम्बानीका कान्छो छोरा अनन्त अम्बानीको इन्गेजमेन्ट पार्टीमा १० मिनेट प्रस्तूती दिएको त्यती शुल्क लिएको हो ।

अम्बानीका कान्छो छोरा अनन्तले २९ डिसेम्बरका दिन राधिका मर्चेन्टसँग इन्गेजमेन्ट गरेका हुन् । उक्त समारोहमा धेरै बलिउड सेलिब्रेटीहरु सहभागी भए ।

गायक मिका सिंहले स्टारहरूले भरिएको साँझमा आफ्ना गीतहरूले दर्शकहरूलाई मोहित बनाएका थिए । मिडिया रिपोर्टका अनुसार उनले यस समारोहमा १० मिनेट मात्रै प्रस्तुति दिएका थिए ।

तर त्यसका लागि करिब डेढ करोड भारतीय रुपैयाँ शुल्क लिएका थिए । मिका सामान्यतया एक घण्टाको कार्यक्रमको लागि यति धेरै पैसा लिन्छिन्।

अम्बानी परिवारमा हुने जुनसुकै समारोहमा मिका सिंह प्रायः प्रस्तुतिका लागि देखिन्छन् । मुकेश अम्बानीका जेठा छोरा आकाश अम्बानी र छोरी ईशा अम्बानीको बिहेमा पनि मिकाले आफ्नो प्रस्तुति दिएका थिए ।

प्रकाशित मिति: Dec 31, 2022

प्रतिक्रिया दिनुहोस्