Logo
३ जेष्ठ २०८१, बिहीबार
(December 28, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ज्योतिषले निकालेको साइतअनुसार पूजापाठसमेत गरेर बालुवाटार सरे प्रधानमन्त्री दाहाल 

कम्युनिष्ट पार्टीका नेता तथा प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारी निवास बालुवाटारमा सरेका छन् । ज्योतिषले निकालेको साइतअनुसार पूजापाठसमेत गरेर प्रधानमन्त्रीमा शपथ लिएको तेस्रो दिन दाहाल  बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका हुन् ।

बुधबार साँझ प्रधानमन्त्री दाहाल सरकारी निवासमा गृहप्रवेश गरेको उनको सचिवालयले जनाएको छ । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बिहानमात्रै बालुवाटार छोडेका थिए ।

डेढ वर्षअघि माओवादी केन्द्रकै समर्थनमा प्रधानमन्त्री बनेका देउवा अहिले फेरि प्रधानमन्त्री बन्नेमा आशावादी थिए । यही बीचमा उनको बुढानिलकण्ठस्थित निजी निवास मर्मत सम्भारको काम प्रारम्भ भएको थियो ।

तर, अचानक बालुवाटार छोड्नुपर्ने भएपछि धुम्बाराहीमा घर खोजेर डेरा सरेका हुन् । आइतबार प्रधानमन्त्रीमा नियुक्त दाहालले सोमबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनियताको शपथग्रहण गरेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहाल देशको ४४ औं प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनको यो तेस्रो कार्यकाल हो । कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन टुटाउँदै एमालेसहित ७ दलीय समीकरण बनाएर दाहाल आइतबार प्रधानमन्त्री बनेका हुन् ।

प्रकाशित मिति: Dec 28, 2022

प्रतिक्रिया दिनुहोस्