Logo
३ जेष्ठ २०८१, बिहीबार
(December 28, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ज्योतिषसँग साइत जुराएर प्रधानमन्त्री दाहाल आज ५ बजे बालुवाटार प्रवेश गर्दै

प्रधानमन्त्री पुष्पकमल दाहाल आजै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्ने भएका छन् । प्रधानमन्त्री दाहालको सचिवालयले भने बालुवाटार प्रवेश गर्नुअघि ज्योतिषीसँग साईत जुराएको कुरा बाहिर आएको छ ।

दाहालको सचिवालयले ज्योतिषी टीकाराम घिमिरेसँग साइत मागेको हो । उनले आज साँझ ५ बजेको साइत जुराईदिएका छन् । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले पनि उनै ज्योतिष घिमिरेसँग हेराएर बालुवाटार प्रवेश गरेका थिए ।

अहिले दाहालले देउवाको पथ पछ्याएको चर्चा छ ।

प्रकाशित मिति: Dec 28, 2022

प्रतिक्रिया दिनुहोस्