Logo
३ जेष्ठ २०८१, बिहीबार
(December 28, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदमा पार्टीको भूमिकालाई सशक्त बनाउँछु – रामसहायप्रसाद यादव

जनता समाजवादी पार्टी नेपालका नवनिर्वाचित संसदीय दलका नेता रामसहायप्रसाद यादवले संसदमा पार्टीको भुमिकालाई सशक्त बनाउने बताएका छन् ।

बुधबार पार्टीको संसदीय दलको नेतामा निर्बिरोध निर्वाचित भएसँगै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता यादवले पार्टीको एजेन्डा, दृष्टिकोण र विचारलाई संसदमा सशक्त ढंगले उठाउने बताएका हुन् ।

उनले पार्टी सरकारमा गएको अवस्थामा अथवा प्रतिपक्षी भएको अवस्थामा पनि पार्टीको भुमिकालाई सशक्त रुपले निर्वाह गर्ने बताए ।

जसपा वर्तमान परिवर्तन र संघीयताको बाहक भएको भन्दै आफूहरूले उत्पीडित समुदायको माग र मुद्दालाई उठाउने बताए । उनले मधेसी, आदिवासी, जनजाति, दलित, मुस्लिम, थारु, खस र महिला लगायतका समस्याहरुको सम्बोधन गर्न प्रयास गर्ने पनि उल्लेख गरे ।

उनले भने, ‘संसदीय दलले पार्टीको जे एजेण्डा छ, जे दृष्टिकोण छ, विचार र सिद्धान्त छन् त्यसलाई संगठित रुपले हामीले जुन–जुन ठाउँमा उठाउनुपर्ने हो, संसदमा होस् ।

भविष्यमा सरकारमा जाने अवस्था आयो भने त्यहाँ, सडकको अवस्था आयो भने त्यहाँ पनि । प्रतिपक्षमा आयो भने त्यहाँ हाम्रो भुमिका सशक्त रुपले निर्वाह गर्नेछौँ ।

मलाई विश्वास छ जनताले जे आशा, भरोसाका साथ जनता समाजवादी पार्टीलाई यो युगान्तकारी परिवर्तनको बाहक र संघीयताको बाहक भनेको जसपा नेपाल जुन मुद्दालाई उठाउँदै अहिलेसम्म यहाँ अगाडी बढेको छ ।

जनताको विश्वास छ । त्यसलाई हामी, खास गरेर उत्पीडित समुदायको जे माग र मुद्दा छन् , त्यसलाई हामी सशक्त रुपले उठाउने छौँ । यसका लागि सम्पूर्ण जाति, समुदाय, वर्ग, क्षेत्र, लिङ्ग सबैलाई मिलाएर पार्टीको खासगरी मधेसी, आदिवासी, जनजाति, दलित, मुस्लिम, थारु, खस, महिला लगायतका समस्याहरुलाई हामीले सम्बोधन गराउनका लागि हरेक ठाउँमा हाम्रो प्रयास रहनेछ ।’

उनले संसदीय दलको नेताको रुपमा पार्टीको विधान र पार्टीको निर्देशन अनुरुप संसदमा भुमिका खेल्ने बताए । नेता यादवले पार्टी सरकारमा जाने, नजाने भन्ने विषयमा पार्टीको कार्यकारिणी समिति र राजनीतिक समितिको बैठकले निर्धारण गर्ने स्पष्ट पारे ।

बारा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित यादव बुधबार पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका हुन् ।

प्रकाशित मिति: Dec 28, 2022

प्रतिक्रिया दिनुहोस्