Logo
३ जेष्ठ २०८१, बिहीबार
(December 28, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संस्थापन इतर समूहको भन्यो – पदाधिकारीलाई उपेक्षा गर्दा गठबन्धन टुट्यो

नेपाली काँग्रेसको संस्थापन इतर समूहले गठबन्धन भत्किएपछि उत्पन्न राजनीतिक घटनाको प्रारम्भिक समीक्षा गरेको छ । सभापति शेरबहादुर देउवाको सत्ता लिप्साका कारण गठबन्धन टुटेको निष्कर्ष निकालेको छ ।

बुधबार बिहान नेता शेखर कोइरालाको सचिवालय विशालबजारमा बसेको बैठकमा संसदीय दलको निर्वाचनदेखि सत्ता बहिर्गमनसम्मको घटनामा नेताहरुले आ-आफ्ना दृष्टिकोणहरू प्रस्तुत भए गरेको नेता अर्जुननरसिंह केसीले बताए ।

‘काँग्रेसले सबै अवर गुमाउने घटनाक्रम भयो त्यो दुःखद र अपरिपक्व, स्वार्थमा केन्द्रित र सत्ता लिप्सामा आधारित देखियो,’ उनले थपे, ‘त्यसले पार्टीलाई नैराश्यता जन्माएको छ ।’

‘गठबन्धनको वैशाखी टेकेर चुनाव लड्न आवश्यक थिएन । कुनै कुरा नसुनी एकतर्फी निर्णय गर्ने नेतृत्व किन गठबन्धन कायम गरेन ?,’ केसीले भने, ‘ पार्टीका लागि यो दुखद र दुर्भाग्य हो ।’

प्रकाशित मिति: Dec 28, 2022

प्रतिक्रिया दिनुहोस्