Logo
३ जेष्ठ २०८१, बिहीबार
(December 28, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपा संसदीय दलको नेतामा यादव चयन

जनता समाजवादी पार्टीको अध्यक्षमा रामसहायप्रसाद यादव चयन भएका छन् । दलको नेता चयनका लागि बुधबार निर्वाचन गर्ने जसपाको तयारी थियो । तर, पार्टी अध्यक्ष उपेन्द्र यादवले रामसहायलाई दलको नेता बनाउने निर्णय गरेका हुन् ।

जसपा दलको नेताका लागि अशोक राई र राजकिशोर यादव आकांक्षी थिए । तर, अध्यक्ष यादवले आफ्ना विश्वासपात्र यादवलाई संसदीय दलको नेता बनाएका हुन् ।

जसपासँग १२ सांसद छन्। तीमध्ये राईको पक्षमा पाँच र सातजना उपेन्द्र यादव पक्षका थिए। राई दलको नेता बनेर सरकारमा पार्टीको नेतृत्व गर्न चाहन्थे । तर अध्यक्ष यादवले उनको चाहना पूरा हुन दिएनन् ।

यादवको निर्णयपछि अशोक राई असन्तुष्ट बनेका छन् । यो घटनाले जसपामा विवाद देखिएको छ ।

 

प्रकाशित मिति: Dec 28, 2022

प्रतिक्रिया दिनुहोस्