Logo
३ जेष्ठ २०८१, बिहीबार
(December 28, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडे

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिँदै पदभारसमेत ग्रहण गरिसकेका छन् ।

सोमबार प्रचण्डले पदभार ग्रहण गरे पनि देउवाले बुधबार प्रधानमन्त्रीको सरकारी निवास छाडेका हुन् ।

बुढानिलकण्ठस्थित आफ्नो निजी निवास मर्मत भइरहेकाले देउवा बसुन्धरामा भाडाको घरमा सरेका छन् ।

२८ असार २०७८ मा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेसँगै बालुवाटार बसेका देउवाले प्रचण्ड प्रधानमन्त्री बनेपछि बसुन्धरामा सरेका हुन् ।

प्रकाशित मिति: Dec 28, 2022

प्रतिक्रिया दिनुहोस्