Logo
३ जेष्ठ २०८१, बिहीबार
(December 27, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारका साझा कार्यक्रमका आधारमा एकीकृत समाजवादीले निर्णय लिने

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई नेकपा एकीकृत समाजवादी पर्ख र हेरेको अवस्थामा पुगेको छ ।

प्रचण्ड नेतृत्वको सरकारले ल्याउने साझा न्यूनतम कार्यक्रमका आधारमा सरकारलाई समर्थन गर्ने वा नगर्ने निर्णय लिने तयारी गरेको हो ।

प्रधानमन्त्री प्रचण्डले सात दलको सरकारको तर्फबाट साझा न्यूनतम कार्यक्रम ल्याएर अघि बढ्ने तयारी गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र एकीकृत समाजवादी लगायत पाँच दलीय गठबन्धन छोडेर माओवादीले एमाले सहित सात दलको नेतृत्वमा प्रचण्ड प्रधानमन्त्री भएपछि एकीकृत समाजवादी अलमलमा परेको छ ।

एमाले, माओवादीसहितको सात दलको गठबन्धनमा जोडिन नसकेको एकीकृत समाजवादी प्रचण्डका भावी कार्यलाई हेरेर नजिक हुने वा टाढिने निर्णय गर्ने भएको हो ।

अहिले सत्ता पक्ष वा प्रतिपक्ष कता बस्ने निर्णय भई नसकेकाले पर्ख र हेरको अवस्थामा रहेको एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले बताए ।

‘हामी अहिले वेट एण्ड सीको अवस्थामा छौं । अहिलेको गठबन्धन कसरी अगाडि बढ्छ रु त्यसपछि मात्रै समर्थन गर्ने वा नगर्ने निर्णय हुन्छ ।

सरकारको गुण र दोषका आधारमा निक्र्यौल गर्छौ’ हमालले भने,‘तत्काल एकता गर्नेभन्दा पनि आफ्नै पार्टीलाई बलियो बनाउँछौं । आवश्यकता र औचित्यका आधारमा एकता र ध्रुवीकरणमा जाने हुन सक्छ ।’

प्रचण्डलाई कांग्रेसले धोका दिएको एकीकृत समाजवादीको निष्कर्ष छ । पहिलो चरणमै कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री दिने भद्र सहमति गरेपनि पालना नगर्दा गठबन्धन टुटेको निक्र्यौल निकालेको हो ।

कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै दाबी गर्दा अहिलेको परिस्थिति आएको अध्यक्ष माधवकुमार नेपालको बुझाई छ । त्यसैले पछिल्लो समय नेपाल प्रचण्डभन्दा कांग्रेस सभापति शेरबहादुर देउवासँग बढ्दा चिढिएका छन् ।

नेपाल प्रचण्डसँग नजिक भएकाले सोमबार बेलुका र्कितिपुरमा रहेको पुष्पलाल स्मृति पार्कमा रहेको पुष्पलाल श्रेष्ठको सालिकमा माल्यार्पण गर्न पुगेका थिए ।

पुष्पलालको सालिकमा माल्यार्पण गर्नेक्रममा नेपालले प्रचण्डलाई स्वागत गर्नुका साथै बधाई शुभकामना समेत दिएका थिए ।

 

प्रकाशित मिति: Dec 27, 2022

प्रतिक्रिया दिनुहोस्