Logo
२ जेष्ठ २०८१, बुधबार
(December 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ प्रधानमन्त्रीलाई शपथ खुवाउन शीतल निवास तयार

नयाँ प्रधानमन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउन राष्ट्रपति कार्यालय तयारी अवस्थामा रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको एक साताको समय आइतबार बेलुका ५ बजे सकिँदै छ । दलहरु घनिभूत छलफल छन् । तर, हालसम्म कुनै पनि दलले बहुमत जुटाउन सकेका छैनन् ।

संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री पदमा बहुमतसहित दाबी गर्न राष्ट्रपति भण्डारीले दिएको समय सकिन सवा ३ घण्टा बाँकी छ । तर, दलीय सहमति जुटिसकेको छैन ।

यही बेला राष्ट्रपति कार्यालय भने नयाँ प्रधानमन्त्रीलाई शपथ ग्रहण गराउन तयारी अवस्थामा छ ।

‘नयाँ प्रधानमन्त्रीलाई शपथ गराउन राष्ट्रपति कार्यालय तयारी अवस्थामा छ,’ राष्ट्रपतिको प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए ।

प्रकाशित मिति: Dec 25, 2022

प्रतिक्रिया दिनुहोस्