Logo
३ जेष्ठ २०८१, बिहीबार
(December 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ सरकार गठनका लागि दिइएको समयसीमा आज सकिँदै

नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज सकिँदैछ । राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्रीका लागि दाबी पेस गर्न दिएको समयसीमा आज साँझ ५ बजे सकिँदैछ ।

तथापि सत्तारूढ गठबन्धन दलहरूले भावी प्रधानमन्त्री टुंगो लागाई सकेका छैनन् । प्रधानमन्त्रीका लागि गठबन्धनबाट नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाबी गर्दै आएका छन् ।

हिजो (शनिबार) अबेरसम्मको छलफलमा कांग्रेस र माओवादी केन्द्रले पहिलो कार्यकाल सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयको टुंगो नलागेपछि आज पुनः बैठक जारी छ ।

प्रकाशित मिति: Dec 25, 2022

प्रतिक्रिया दिनुहोस्