Logo
१३ बैशाख २०८१, बिहीबार
(December 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोठाभाडाको बदलामा घरमालिकले अभिनेत्रीलाई यौन प्रस्ताव गरेपछि…!

भारतीय अभनेत्री तेजस्विनी पन्डितले आफूसँग एक घरमालिकले भाडाको बदला यौन प्रस्ताव गरेको बताएकी छिन्।

करियरको सुरुवाती घटनालाई स्मरण गर्दै उनले उक्त प्रस्तावपछि ती घरमालिकलाई आफूले अनुहारमा गिलासको पानी छ्यापेर हिँडेको बताएकी छिन्।

उनले स्मरण गरिन्, ‘म त्यो बेला पुणेको सिंहगढ रोडमा रहेको एक अपार्टमेन्टमा बस्थेँ। मेरा दुई फिल्म रिलिज भएका थिए र संघर्ष गर्दै थिएँ।

त्यही बेला भाडा दिन जाँदा घरमालिकले यौन प्रस्ताव गरे। उक्त प्रस्ताव स्वीकारेमा भाडा नलिने बताए। अगाडि गिलासमा पानी थियो। मुखमा छ्यापेर निस्केँ।’

घरमालिकको एउटा कर्पोरेट अफिस रहेको र भाडा बुझाउन त्यहीँ बोलाएको उनले उक्त अन्तरवार्तामा उल्लेख गरेकी छिन्।

उनले थपिन्, ‘मैले उसलाई भनेँ- यी सब गर्ने भए तपाईंको यस्तो घरमा बस्नु पर्दैनथ्यो। म अभिनयका लागि आएकी हुँ। त्यही नजरले हेर्नु।’

उनले आफ्नो पेशाका दृष्टिले जज गरेकी बताएकी छिन्। संघर्षरत समयमा रहेकाले आफू आर्थिक अभावमा रहेको ती घरमालिकले बुझेर त्यसरी प्रस्ताव गर्ने आँट गरेको उनको बुझाइ छ।

प्रकाशित मिति: Dec 20, 2022

प्रतिक्रिया दिनुहोस्