Logo
१३ बैशाख २०८१, बिहीबार
(December 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘शहरमा एउटा हल्ला’ बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक

गायक ज्वाला राज शर्माको स्वरमा सजिएको ‘शहरमा एउटा हल्ला’ बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द डा.राजु बाबु श्रेष्ठको छ भने संगीत अनिश श्रेष्ठले दिएका छन् । प्रेमिल शैलीको गीतमा गुरुङ कुमारकोे संगीत संयोजन छ ।

गीतको म्युजिक भिडियोमा अभिनेता पुष्प खड्का र मोडल समरिका ढकाल बीचको प्रेम देखाइएको छ । बुद्ध थापाले छायांकन गरेको गीतको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन । निकेश खड्काको निर्देशन रहेको गीतको भिडियो ओएसआर डिजिटलको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।

प्रकाशित मिति: Dec 16, 2022

प्रतिक्रिया दिनुहोस्