Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अध्यादेशको विरोधमा अनेरास्ववियुको प्रदर्शन

सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता​ रेशम चौधरीलगायतलाई थुनामुक्त गर्ने गरी ल्याएको अध्यादेशको विरोधमा नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ।

आज बिहान त्रिचन्द्र कलेज गेट अगाडि ब्यानर, पर्चासहित विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अध्यादेशमार्फत संशोधन गर्ने निर्णय गरेको हो । यो अध्यादेश राष्ट्रपति कार्यालयमा विचाराधीन छ ।

प्रकाशित मिति: Dec 13, 2022

प्रतिक्रिया दिनुहोस्