Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 9, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिनेमा हलहरुले विश्वकप फुटबल देखाए कारबाही गरिने

चलचित्र विकास बोर्डले विश्वकप फुटबल देखाउने सिनेमा हललाई कारबाही गर्ने भएको छ । केही सिनेमा हलले २३ मंसिरदेखि विश्वकप फुटबलअन्तर्गत क्वार्टरफाइनलका खेल देखाउने घोषणा गरेपछि विकास बोर्डले ध्यानाकर्षण पत्राचार गर्दै चलचित्र प्रदर्शन गर्न दिइएको इजाजतपत्रमा उल्लेख भएबमोजिमका सर्तमा मात्र प्रदर्शन गर्न सूचित गरेको छ ।

चलचित्र प्रदर्शन गर्न दिइएको ईजाजतपत्रको अनुसूचि ७ मा व्यवस्था भएअनुसार हल सञ्चालन नभए नियमानुसारको कारबाही हुने बोर्डले चेतावनी दिएको छ । बोर्डले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालयहरू र चलचित्र संघलाई बोधार्थ सहित पत्राचार गरेको छ ।

 

प्रकाशित मिति: Dec 9, 2022

प्रतिक्रिया दिनुहोस्