Logo
३१ असार २०८२, मंगलबार
(December 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भाजपा नेता जगदम्बिका पाल काठमाण्डौमा, नेपाल सरकारद्वारा बिशेष सुरक्षाको सुविधा

छिमेकी देश भारत स्थित सत्तारुढ भारतीय जनता पार्टी बिजेपीका नेता जगदम्बिका पाल आज बिहान नेपाल आइपुगेका छन् । हाम्रो नेपालमा प्रतिनिधिसभा जस्तै त्यहाँको लोकसभा सदस्य तथा उर्जासम्बन्धी संसदीय समितिका सभापति जगदम्बिका पाल बिहान ९ बजे एयर इण्डियाको उडानबाट काठमाण्डौमा ओर्लिएका हुन् ।

उनको आजै साँझ ५ बजे भिस्तारा एअरको उडानमा दिल्ली फिर्ता हुने कार्यक्रम रहेको छ । गत कार्तिक १४ गते दिउँसो १ बजे ११ जनाको टोलीसहित आएर जगदम्बा सिमेन्टका साहुजीको महाराजगन्जस्थित गेस्ट हाउसमा बसेका उनी भोलिपल्ट बिहान १० बजे फर्केका थिए ।

आज भने उनीससंग रितेश पाण्डेसहित अरु दुई जना छन् । छोटो समयको लागि आउने-जाने उनको भ्रमणको कारण खुल्न सकेको छैन । नेपाल सरकारले भने उनलाई बाइक एस्कर्टिङ्गसहितको बिशेष सुरक्षा सुविधा उपलब्ध गराएको छ ।

उत्तर प्रदेशका एकदिने मुख्यमन्त्री उपनामले प्रसिद्ध पाल यसअघि भारतीय कांग्रेसका नेता थिए । पछि भारतीय जनता पार्टीमा प्रवेश गरेका थिए । हाल उनी उत्तरप्रदेशबाट सांसद हुन् ।

प्रकाशित मिति: Dec 6, 2022

प्रतिक्रिया दिनुहोस्